Logo

अर्थ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाइने



काठमाडाै‌ं । सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ उनले भनिन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।’

नेपालमा भर्खरै बनेकाे पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत पूर्ण रुपमा सञ्चालनमा आउन सकेकाे छैन् । विज्ञहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे विकल्प निजगढ विमानस्थल हुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १४:१०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।