Logo

अर्थ

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ ।

हिजो एक हजार रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी आज तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको‍ महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १२:२८   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।