काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पीओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को न्यूनतम भुक्तानी गर्नु पर्नेछ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।




















प्रतिक्रिया