Logo

अर्थ

नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउन अर्थ समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउन निर्देशन दिएको छ । शुक्रबार बसेकाे समितिकाे बैठकले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन भनेको हो ।

नयाँ स्टकका लागि सहजीकरण गरिदिन आग्रह गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थ समितिलाई पत्र लेखेको थियो । आज समितिले छलफल गरेर नयाँ स्टकका लागि काम अगाडि बढाउन निर्देशन दिएको हो ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १९:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।