Logo

खेलकुद

सेमिफाइनल पुग्ने झिनाे आशा बाेकेकाे पाकिस्तान टस हारेर पहिला फिल्डिङमा



काठमाडाैं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप–२०२३ को समूह चरणको अन्तिम खेलमा सेमिफाइनल पुग्ने झिनाे आशा बाेकेकाे पाकिस्तानले इंग्ल्याण्डविरुद्ध टस हारेकाे छ । इंग्ल्याण्डले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरेसँगै सेमिफाइनल पुग्ने पाकिस्तानकाे सम्भावना थप कम भएकाे छ ।

सेमिफाइनल पुग्न इंग्ल्याण्डले प्रस्तुत गरेको लक्ष्य पाकिस्तानले १६ देखि २२ बलमा पछ्याउनुपर्नेछ । जुन असम्भव हो । श्रीलंकामाथि न्युजिल्यान्ड ठूलाे जित निकालेका कारण पाकिस्तानले सेमिफाइनलमा पुग्न याे निकै कठिन समीकरणलाई पार गर्नुपर्ने अवस्था बनेकाे हाे ।पाकिस्तानले जितेर मात्रै नभई नेट रन रेटमा पनि न्युजिल्यान्डभन्दा राम्रो हुनुपर्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार १४:२१   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।