Logo

राजनीति

स्वास्थ्य मन्त्री बस्नेतको उपस्थितिमा मनाइयो धन्वन्तरी दिवस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा किर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले धन्वन्तरी दिवस मनाएकाे छ । धन्वन्तरीलाई आयुर्वेदका प्रणेताका रुपमा लिइन्छ ।

तालिम केन्द्र परिसरमा रहेको मन्दिरमा मन्त्री बस्नेत सहितले धन्वन्तीको पुरा गरेर सम्मान प्रकट गरेका थिए । कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि मन्त्रालयले थप कार्ययोजना बनाइरहेको बताए ।

आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामअधार यादवले आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद प्रतिष्ठान बनाएर अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार १४:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।