Logo

अर्थ

एकैदिन २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य २ हजार ३०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० र तेजाबी सुन १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि ९० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १३:२०   :  बजे

522
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।