Logo

राजनीति

कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेललाई मनोनित गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य कँडेललाई सहकारी विभागको जिम्मेवारी दिइएको हो ।

नवलपरासीका कँडेल पूर्व गृहराज्य मन्त्री हुन् । सभापति देउवाले १५ भदौमा १५ विभागका प्रमुख तोकेका थिए । १५ विभागको प्रमुख तोकेपनि पूर्णता भने पाउन सकेका छैनन् । प्रत्येक विभागमा प्रमुखसहित ५१ जना सम्मको समिति बनाउन सकिने विधानको व्यवस्था छ ।

कांग्रेसको विधान अनुसार महाधिवेशन सकिएको छ महिना भित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १४:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।