काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे घरदैलो अभियान आजदेखि सुरु हुँदै छ। रास्वपाले मङ्सिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्न लागेकाे हाे ।
रास्वपाले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ११ लाखभन्दा बढी जनमत दिई निर्वाचित गराएको भन्दै मतदाताको सम्मानमा सो अभियान सञ्चालन गर्ने निर्णय कात्तिक २३ गते गरेको थियो ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालका अनुसार सबै निर्वाचन क्षेत्रमा मुख्य तीन प्रश्नसहित सो घरदैलो अभियान सञ्चालन हुनेछ। रास्वपाले पार्टीको सबल वा दुर्लभ पक्षसँगै सुझाव सङ्कलन गर्नेछ ।
रास्वपाले साेध्ने मुख्य तीन प्रश्न :
१) तपाईँको विचारमा हाम्रो कमीकमजोरी र गल्तीहरू के–के हुन् ? कृपया स्पष्ट खुलाइदिनुहोस् ।
२) हाम्रो लागि तपाईँका सुझाव के–के हुन् ? कृपया बुँदागतरुपमा उल्लेख गर्नुहोस् ।
३) आफ्नो क्षेत्रमा तपाईँले देख्नुभएका तीन मुख्य समस्या प्राथमिकताका आधारमा उल्लेख गर्नुहोस् ।
घरदैलो अभियानमा लिखित मात्र नभई मौखिक रूपमा पनि सुझाव दिन सकिने छ। उनले भने, “जनताका लागि घर–घरमा फाराम छोड्दिने र पछि सङ्कलन गर्ने गरी हामीले तयारी गरेका छौँ ।”
गएको निर्वाचनमा पुराना दल र उम्मेदवारबाट निराश बनेका मतदाता स्वतन्त्र सांसदको विजयसँगै उत्साहित देखिएका थिए। तर, एकातर्फ नयाँ र स्वतन्त्र भनिने सांसदको पनि अवस्था पुरानैको जस्तो हुने हो कि भन्ने महत्त्वाकाङ्क्षा समेत दिनप्रतिदिन बढ्दो छ । चुनावका बेला जनता सामु गरेका प्रतिबद्धता पूरा गर्न सुझाव लिन लागेको ढकाल बताउछन् ।




















प्रतिक्रिया