Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले नै अराजकता फैलाएको शेखरकाे आरोप



काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले नै अराजकता फैलाएको आरोप लगाएका छन् । नेता कोइरालाले शनिबार विराटनगरका पत्रकार शंकर खरेलले लेखेको लघुकथा ‘ॐ तृप्यन्ताम’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

आफैं प्रधानमन्त्री भएर सडकमा लाखौं मान्छे उतार्ने लगायतका अभिव्यक्ति दिएर मुलुकमा अराजकता फैलाउन खोजेको टिप्पणी गर्दै उनले भने–‘मुलुकको अर्थतन्त्र धराशयी बन्दै गएको छ । तर, प्रधानमन्त्रीले आफैं सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतंकित बनाइरहेका छन् । मुलुकभरि रहेका ६ लाख ५० हजार सटरमध्ये ३५ प्रतिशत खाली भएर उद्योगी व्यवसायी पलायन भइसकेको अवस्थामा आन्दोलनको त्रास देखाएर उद्योगी व्यवसायीलाई झन् आतंकित बनाइराखेका छन् ।’

उनले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको टिप्पणी पनि गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार ०८:४६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।