काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार तोलामा २ हजार ३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया