काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिक राति गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म विभिन्न दाताहरूबाट १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको छ ।
भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि धेरैले सहयोग रकम घोषणा गरेका थिए । त्यसमध्ये १५ कराेड रुपैयाँ भने काेषमा जम्मा भइसकेकाे छ । मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड), सूर्य नेपाल प्रालि (१ करोड), गोर्खा ब्रुअरी (१ करोड), क्यान सेन्ट्रल पेमेन्ट (१ करोड) रहेको छ । कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् भने अरु राजनीतिक दलहरूले पनि सहयाेग गरेका छन् । अन्य विभिन्न संघसंस्थाले पनि भूकम्प पीडितका लागि सहयाेग गरेका छन् ।
कसले कति गरे सहयाेग ?




















प्रतिक्रिया