Logo

बैंकिङ

एकै प्रकारका कर्जामा दुई प्रतिशतभन्दा व्याजदर फरक नपार्न निर्देशन



काठमाडौं- एकै प्रकारका कर्जामा दुई प्रतिशतभन्दा बढी व्याजदर फरक नपार्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरूबीच व्याजदरमा अत्यधिक असमानता देखिएकाले त्यस्ता कर्जामा ग्राहकको जोखिम विश्लेषण गरी दुई प्रतिशतभन्दा बढीले फरक नपर्नेगरी व्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको हो।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरू बुझेरमात्र कर्जा लिन राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १०:४०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।