Logo

राजनीति

विवादित निर्माण कम्पनी पप्पुका मालिक हरिनारायण रौनियार एमाले प्रवेश



काठमाडौं । विवादित निर्माण कम्पनी पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । निर्माण क्षेत्रमा निकै विवादित बनेको पप्पुका सञ्चालक रौनियारलाई मंगलबार पर्साको पोखरियामा भएको एक कार्यक्रममा  एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य समेत रहेका रौनियारको पप्पु कन्ट्रक्सनले जिम्मेवारी लिएका ठूला आयोजनाहरूका काम विवादित रहँदै आएका छन् । ०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) बाट पर्सा ३ को संघीय सांसदमा निर्वाचित भएका उनी भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १७:००   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।