काठमाडौं– विश्वकप छनोट सन् २०२६ अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच आजको खेल शुरु हुनुअघि दुई देशका समर्थकबीच झडप भएको छ। समर्थकबीच मैदानमा झडप भएको हो।
झडपपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा केहीबेर खेल रोकिएको थियो।
नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुनुपर्ने खेल तनावका कारण आधा घण्टा रोकिएको थियो। दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै समर्थकबीच कुटाकुट हुँदा रङ्गशाला केही बेर तनावग्रस्त बनेको थियो।
अवस्था शान्त भएपछि अहिले खेलको दोस्रो हाफ चलिरहेको छ। ६३औं मिनेटमा अर्जेन्टिना एक गोलले अगाडि छ। खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।




















प्रतिक्रिया