काठमाडौं। दुर्गा प्रसाईँ समूहले काठमाडौंको तिनकुने क्षेत्रमा विरोध प्रदर्शन नगर्ने भएको छ। राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउँ महाअभियानका सह-प्रवक्ता राजानन्द माण्डव्यका अनुसार सुरक्षा निकाय संग शुक्रबार साझ भएको छलफलमा तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा सुरक्षा दिन असहज हुने देखिएकोले अन्य स्थानमा कार्यक्रम गर्न लागिएको हो।
उनले उक्त छलफल पश्चात् काठमाडौको गौशाला स्थित जय बागेश्वरी पछाडीको ९सिफल० चौरमा आमसभा गर्न सहमति जनाइएको बताएका छन्।
उनले फेसबुकमा यस्तो लेखेका छन्, ‘आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उदेश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमती गरिएको छ। आदरणीय सम्पूर्ण अभियान्ता, संघसंस्था र सहयोगी दाजुभाई, दिदिबहिनी, आमाबुबा लगायतलाई यसै सूचना मार्फत कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु,’।
काठमाडौ जिल्ला प्रशासनले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने भएका कारण त्यस क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिने छलफल गरेको हो ।




















प्रतिक्रिया