काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भएका भरतराज पौडेलको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकाे छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् । कात्तिक ३ गतेकाे मन्त्रिपरिषद बैठकले पौडेललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो ।




















प्रतिक्रिया