Logo

प्रमुख समाचार

मधेसमा बसिरहेको रास्वपाको संयुक्त बैठकका एजेन्डा के छन्?



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ।

मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा आज विहान ११ बजेबाट संयुक्त बैठक सुरु हुने रास्वपाले जनाएको छ। स्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र संघीय सांसद २१ जना छन्।

मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहने छ। बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।

पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने बताइएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ०९:०४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।