काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले प्रत्यक्ष निर्वाचनमा पनि महिलाहरुलाई आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन् । उनले महिला–महिला बीच मात्र प्रतिस्पर्धा गराउन सिट छुट्याउनुपर्ने धारणा राखेकी हुन् ।
सोमबार ललितपुरमा आयोजित महिला तथा बालिका हिंसाविरुद्धको कार्यक्रममा रानामगरले महिलालाई निर्वाचन लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताइन् । अहिले धेरै महिला सांसद समानुपातिक पद्धतिबाट आएकाले पार्टीभित्र हेपिएको र आफूमा पनि हीनताबोध देखिएको उपसभामुख रानाले बताइन् ।
पार्टी र संसदमा महिलाहरु निर्णायक भूमिकामा नभएकाले नेताहरुले भनेको मान्नुपर्ने अवस्था रहेको पनि उपसभामुख रानामगरले बताइन् । उनले भनिन्, ‘धेरैजसो महिला सांसदहरु समानुपातिकबाट आएका छौं। ३३ प्रतिशत आरक्षण प्रणालीबाट आएका छौं । मलाई लाग्छ हामी निर्णायक भूमिकामा छैनौं । हामीमा पहुँच छैन । त्यसले गर्दा कति कुराहरु चाहेर पनि हामीले ह्वीपमा एस्, एस् भन्नुपर्छ कति चित्त नबुझेको कुरामा पनि ।’




















प्रतिक्रिया