काठमाडौं । नेपाली कांग्रेसकाे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक भाेलि (बुधबार) बस्ने भएकाे छ । दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको हाे ।
महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने गरि मिति तय गरिएको छ ।




















प्रतिक्रिया