Logo

खेलकुद

नेपाल सुपर लिगमा आज धनगढी र बुटवल लुम्बिनी खेल्दै



काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन्। यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ।

हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन्। बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान चार अङ्क भएको छ।

पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले र पोखराले एफसी चितवनलाई १–० गोलले हराएको थियो। एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन्।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार ०७:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।