Logo

प्रमुख समाचार

सरकारले भन्यो- ‘रुसी सेनामा नेपालीहरू रहेको आधिकारिक तथ्यांक छैन’



काठमाडौं । सरकारले रुसी सेनामा नेपालीहरू रहेकाे तथ्यांक नभएको जनाएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा रुसी सेनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा सरकारकी प्रवक्ता रेखा शर्माले यस्ता बताएका हुन् ।

मन्त्री शर्माले युद्धग्रस्त क्षेत्रमा नेपालीहरूलाई जान रोक लगाएको बताइन्। ‘युद्धग्रस्त देशहरूमा नेपाली युवाहरू विभिन्न तरिकाले जाने, त्यो सरकारलाई थाहा हुने कुरा पनि भएन’, उनले भनिन्, ‘रुसी सेनाको बारेमा पहिला पनि कुरा आएका थिए। अहिले पनि त्यहाँ नेपाली युवाहरूको मृत्यु भयो भन्ने कुरा आएको छ। यो बियषमा हामी सबै संवेदनशिल छौं।’

विभिन्न दलालहरुमार्फत् प्रलोभनमा परेर रुसी सेनामा भर्ती हुने गरेको मन्त्री शर्माले बताइन्। उनले भनिन्, ‘युद्धग्रस्त क्षेत्रमा पुगेका युवाहरुबारे घटना घटिसकेपछि खबर आउने गरेका छन् धेरै त। यसबारेमा सरकारले खोजबिन गर्नुपर्छ। तथ्यांक पनि राख्नुपर्छ। तर, मुल कुरा यसरी प्रलोभवनमा परेर युद्धग्रस्त क्षेत्रमा जानु हुन्न भन्ने कुरा हामीले हाम्रो युवाहरूलाई भन्नुपर्छ भन्नेमा सरकार सचेत छ। अहिले जतिपनि घटनाका कुरा आइरहेका छन्, आजकै दिनमा रुसी सेनामा नेपाली युवाहरू कति छन् भन्ने आधिकारिक तथ्यांक छैन ।’

गैरकानूनी रुपमा युवाहरू रुसी सेनामा गएको भएकाले सरकारले तथ्यांक राख्न नसकेको उनको भनाइ छ। कुटनीतिक रुपमा संवाद गरेर नेपाली युवाहरूलाई भर्ती नगराउन सरकारले भन्ने समेत बताइन्। रुसी सेनामा कार्यरत तीन नेपाली युवाको हालै मात्रै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १७:२०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।