काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। जारी लिगमा काठमाडौंले आज तेस्रो खेल खेल्दैछ भने झापाले दोस्रो खेल खेल्न लागेको हो।
काठमाडौं यसअघिका दुई खेलमा अपराजित रहेको थियो। उसले पहिलो खेलमा इलामलाई हराएको थियो भने चितवनसँग बराबरी खेलेको थियो।
यस्तै, झापा आफ्नो पहिलो खेलमा इलामसँग पराजित भएको थियो।
जारी लिगमा २ खेल खेलेको काठमाडौंको ४ अंक छ। एक खेल खेलेको झापा अंकविहीन रहेको छ।
यस्तै, शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ भने ललितपुर ५ अंकसहित दोस्रो स्थानमा छ।




















प्रतिक्रिया