काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सर्ने पक्का भएकाे छ । सोमबार सुरु सचिवालय बैठकमा नेताहरू महाधिवेशन सार्न सहमत भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
नयाँ मिति भने तय भइसकेकाे छैन । मितिबारे भोलि निर्णय हुने उनले बताए । ‘महाधिवेशन सार्न सबै नेता सहमत हुनुभयो । मितिबारे भोलि निर्णय हुनेछ’, खतिवडाले भने ।
उनका अनुसार, जाजरकोट भूकम्पका पीडितहरुको पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्न नेताहरू सहमत भएका हुन् ।
‘महाधिवेशनमा पेस गरिने दस्तावेजहरू पनि तयार हुन बाँकी छ भने भूकम्प प्रभावित क्षेत्रका नेताहरुलाई अहिले सदस्यता नवीकरणमै समस्या छ’, खतिवडाले भने ।
एकीकृत समाजवादीले आगामी १४–१८ माघमा महाधिवेशनको मिति तय गरेको थियो ।




















प्रतिक्रिया