Logo

प्रमुख समाचार

एनसेल सेयर खरिदबिक्री प्रकरणको खुला छानबिन गर्न ठूला दलका नेताहरूलाई रविकाे चुनौती



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एनसेल प्रकरणमा कुन दलका नेताले कति रकम खाएका हुन् ? भन्ने प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका को नेताले कति रकम खाए भन्दै छानबिनका लागि तयार हो भन्दै प्रश्नसमेत गरेका छन् ।

स्पाइसबाटै चलखेल सुरू भएको उनको दाबी छ । ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’, रविले लेखेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ११:१३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।