काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा बिहीबार एफसी चितवन र एफसी बुटवल लुम्बिनी प्रतिस्पर्धाका लागि मैदान उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन्।
यसअघि समान तीन खेल खेले पनि दुवै टिमले एक खेलमा मात्र जित निकालेका छन्। चितवनले अन्य दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हारको नजिता आत्मसात गरेको छ।
बुटवलले भने बाँकी दुवै खेलमा हार व्यहोरेको थियो। तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौ स्थानमा छ। समान खेलबाट तीन अंक जोडेको बुटवल तालिकाको सातौं स्थानमा छ। आजको खेलमा जित निकाल्ने टिम तालिकाको शीर्ष चारमा उक्लिनेछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।




















प्रतिक्रिया