Logo

खेलकुद

दोस्रो स्थानमा उक्लियो लिभरपुल



काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ।

बुधवार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

जितसँगै लिभरपुल १५ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लदा समान खेलबाट ३२ अंक भएको एस्टन भिल्ला भने तेस्रो स्थानमा रहेको छ।

३६ अंक जोडेको आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ।

बुधबार राति लिभरपुललाई जिताउनका लागि भान डिजिक र डोमिनिकले एक एक गोल गरेका थिए।

३७ औं मिनेटमा एलेक्जेन्डर आर्नोल्डको पासमा डिजिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।

दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा नुनेजको पासमा डोमिनिकले गोल गरेपछि लिभरपुल २–० को सहज जित निकाल्न सफल भयो।

पराजित भएको सेफिल्ड युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा छ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार ०८:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।