काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दूरसंचार सेवा प्रदायक एनसेल लाई सरकारको स्वामित्वमा आउन नदिन उद्देश्यले अहिले सेयर खरिद–बिक्रीको प्रपञ्च रचिएको दाबी गरेको छ ।
६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेकोले यसलाई रोक्ने उद्देश्यसहित अहिले आएर सेयर सुटुक्क बिक्री गरिएको भन्दै अनेरास्ववियुले विस्तृत छानबिन माग गरेको छ ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरी नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार यसबारे सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।
ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले यसमा संसद्काे पनि चासो रहेकाे बताए । उनले भनेका थिए– ‘एनसेल फिर्ता हुने भन्ने समाचार आएपछि मैले तत्कालै भनेको थिएँ– विदेशी लगानीकर्ताहरुले लगानी फिर्ता लैजाने होइन, थप लगानी ल्याएर अरु मुनाफा कमाउन भनेको थिएँ । लगानी फिर्ता गर्ने घोषणा भएको तीन दिनभित्रै शेयर बिक्री गरेको विषय अध्ययन गर्नुपर्ने खालको रह्यो । संसदको पनि चासो छ । संसद अधिवेशन अन्त्य भएका कारण संसदीय समितिहरुले छलफल र निर्णयहरु भइसकेका छन् ।’
तर सभामुखले एनसेलकाे सिम फाल्ने र डढाउने नगर्न आग्रह गरे । उनले भने, ‘एनसेलको सिम फ्याल्ने, डढाउने भन्ने कुराप्रति व्यक्तिगतरुपमा म के भन्न चाहन्छु भने त्यसो गर्दा सम्पत्ति पनि क्षति भइरहेको हुन्छ । छानबिन होस्, निष्कर्ष आओस् । तपाईंहरुले भौतिक क्षति नहुनेगरी कार्यक्रम गर्दा राम्रो हुन्छ । राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने विषयमा संसद र व्यक्तिगतरुपमा म सचेत छु ।’
ज्ञापनपत्रसहित:–





















प्रतिक्रिया