एजेन्सी । भाजपाले छत्तीसगढको नयाँ मुख्यमन्त्रीको नाम घोषणा गरेको छ। विष्णुदेव साई मुख्यमन्त्री हुनेछन्।
व्यवस्थापिका–संसदको नेता चयनका लागि बसेको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो । जसमा चुनाव जितेका पार्टीका ५४ जना विधायक सहभागी थिए ।
पार्टी पर्यवेक्षकहरू, केन्द्रीय मन्त्रीहरू अर्जुन मुन्डा, सर्वानन्द सोनोवाल र भाजपा महासचिव दुष्यंत कुमार गौतम बैठकमा उपस्थित थिए। बैठकमा बीजेपीका छत्तीसगढ प्रभारी ओम माथुर, केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र छत्तीसगढका सह-प्रभारी नितिन नवीन पनि सहभागी थिए।
छत्तीसगढमा मुख्यमन्त्री पदका लागि रमन सिंह, ओपी चौधरी, राम विचार नेता, अरुण साओ र केन्द्रीय मन्त्री रेणुका सिंहको नाम पनि चर्चामा थियो।
को हुन विष्णु देव साई ?
आदिवासी नेता विष्णु देव साई २०१४–२०१९ सम्म रायगढ संसदीय क्षेत्रबाट भाजपा सांसद थिए र प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा इस्पात राज्यमन्त्री थिए। उनी २०२० देखि २०२२ सम्म छत्तीसगढ बीजेपीको अध्यक्ष थिए।
उनी बीजेपीको टिकटमा कुंकारी विधानसभा सीटबाट चुनाव लडे। उनले निर्वाचनमा ८७ हजार ६०४ मत ल्याएका थिए । जबकि कांग्रेस उम्मेदवार युडी मिन्जले ६२ हजार ६३ मत पाएका छन् । विष्णुदेव साईले २५ हजार ५ सय ४१ मत बढी ल्याएर विजयी भएका हुन्।
छत्तीसगढ विधानसभाको ९० सिटका लागि ७ र १७ नोभेम्बरमा दुई चरणमा मतदान भएको थियो। मतगणना ३ डिसेम्बरमा भएको थियो । भाजपाले यहाँ ५४ सिट जितेको छ भने कांग्रेसको खातामा ३६ सिट गएको छ ।




















प्रतिक्रिया