Logo

खेलकुद

स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै गिरोना शीर्षस्थानमा



काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोनाले बार्सिलोनामाथि सानदार जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा बार्सिलोनालाई ४–२ गोलले हराउँदै गिरोनाले सहज जित निकालेको हो।

गिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नान्डेज र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए।

त्यसैगरी बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र इके गुनडोगानले एकएक गोल फर्काएका थिए।

यो जितसँगै गिरोना लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ। १६ खेलबाट गिराेनाले ४१ अङ्क बनाएको छ भने दोस्रो स्थानको रियल म्याड्रिडको ३९ अङ्क छ। पराजित भएको बार्सिलोना ३४ अङ्कसहित चौथो स्थानमा छ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार ०७:२३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।