काठमाडौं- काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले पोखरा थन्डर्समाथि जित निकालेको छ।
सोमबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा पोखरा काठमाडौंसँग २–१ गोल अन्तरले पराजित भयो।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५७ औँ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए।
तर खेलको ८२ औँ मिनेटमा काठमाडौंका जुनियर एनकेनगेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा काठमाण्डौका जोकिर शोख्रुखले गोल गर्दै टोलीलाई २–१ ले जिताए।
जितसँगै काठमाण्डौ ५ खेलमा ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पोखरा ५ खेलमा ८ अंकसहति तालिकाको चौथो स्थानमा छ।




















प्रतिक्रिया