काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् ।
प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरेका हुन् । करिव १७ वर्षको बैकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद वहाली गरेका छन् । उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाललगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सुवेदी कामना सेवामा आउनुभन्दा अगाडि सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत थिए । सुवेदीको नियुक्तीले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा संजाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।





















प्रतिक्रिया