काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका चन्द्रप्रसाद ढकालले आइतबार सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्षा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
कम्पनीको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट उनी सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिरनिर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको बताए ।
उनले ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको समेत उल्लेख गरे ।
साथै उनले नेपालका बैंकहरुले पनि बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
कार्यक्रममा डेपुटी गभर्नरद्वय डा निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
उनले आइतबार नै कम्पनीका नवनिर्वाचित सञ्चालकहरुलाई पनि पद तथा गोपनियताको शपथ गराएका छन् । यसअघि कम्पनीको सभाले संस्थापकतर्फ ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त चयन गरेको थियो भने सर्वसाधारण सेयरधनीतर्फ कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित गरेको थियो ।




















प्रतिक्रिया