Logo

खेलकुद

इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि आर्सनलको सहज जित



काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ। आइतबार राति सकिएको खेलमा ब्राइटनलाई २–० गोलले पराजित गर्दै आर्सनलले सहज जित निकालेको हो।

आर्सनलका ग्याब्रियल जेसस र केइ हार्भिटेजले एक–एक गोल गरेका थिए। जेससले खेलको ५३औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए भने हार्भिटेजले ८७औं मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएका थिए।

यो जितसँगै आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित भएको ब्राइटन २६ अंकसहित नवौँ स्थानमा छ। दोस्रो स्थानको लिभरपुलको ३८ अंक छ।

 

प्रकाशित मिति : २ पुष २०८०, सोमबार ०६:५७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।