काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार एनफिल्डमा भएको खेलमा लिभरपुललाई गोलरहित बराबरीमा रोकेको छ। खराव लयबाट गुज्रिरहेको युनाइटेडका लागि आइतबारको बराबरी खेलले राहत प्रदान गरेको छ।
यो नतिजापछि लिभरपुल ३८ अंकमा दोस्रो स्थानमा झरेको छ। आर्सनल भने ३९ खेलबाट शीर्ष स्थानमा रह्यो। उसले यसअघि भएको खेलमा ब्राइटनलाई २–० ले हराएको थियो। त्यसमा ग्याब्रिएल जेसस र काइ हार्भटेजले एक एक गोल गरे।
एस्टन भिल्ला ३८ अंकमा तेस्रो स्थानमा छ र उसले अर्को खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हरायो। वेस्ट ह्याम भने उल्भ्समाथि ३–० को जित रच्न सफल रह्यो।




















प्रतिक्रिया