काठमाडाैं । प्राइम कमर्सियल बैंकले लाभांश वितरण नगर्ने भएकाे छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हाे ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
साथै, बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो । गत वर्ष भने बैंकले ४ प्रतिशत बोनस ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो।




















प्रतिक्रिया