Logo

अर्थ

४५.९८ अंकले बढ्याे सेयर बजार, झण्डै ६ अर्बको कारोबार



काठमाडौं । आज पनि सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से मंगलबार ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो ।

त्यस्तै सेन्सेटिभ परिसूचक पनि ७.०५ अंकले बढेर ३९७.६९ बिन्दुमा पुगेको छ । त्यस्तै, ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसूचक मै हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.४६ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.९४ प्रतिशतले सेयर मूल्य बढेको हो।

त्यस्तै, शिवम् सिमेन्ट्सको ३७ करोड ४३ लाख ४८ हजार रुपैयाँ, सोल्टी होटलको २८ करोड ७३ लाख रुपैयाँ र सोनापुरको १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराहि सिमेन्ट, ह्थावे इन्भेष्टमेन्ट, मिडल सोलु हाइड्रोपावर, सोनापुर मिनिल्सर, बिपिडब्लु लगायत १२ उपसूचकमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सिद्धार्थ लगानी वृद्धि योजनाको ७.२६ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ४.९० प्रतिशत, प्रभु बैंक डिबेञ्चर २०८७ को ३.८३ प्रतिशत,सानिमा डिबेञ्चर २०८७ को ३.७८ प्रतिशतले सेयर मूल्य घटेको हो ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १५:५८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।