Logo

अर्थ

ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने



काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बैंकको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

साथै कम्पनीले गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट अनुमोदन पछि साधारण सभामा पेश गर्ने छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र करसहित ३.८० प्रतिशत नगद गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार ११:२३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।