काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि विभागीय क्लव एपीएफले जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै विभागीय क्लव एपीस्एफले उपाधि जितेको हो ।
त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो ।
कोशीका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक ६२ रन जोडिन् । उनले ५८ बलमा ७ चौका र एक छक्का प्रहार गरेकी थिइन् । त्यस्तै काजोल श्रेष्ठले २२ रनको योगदान गर्दा अप्सरी बेगमले ८ तथा लक्षिता राजवंशीले ६ रन बनाइन् । सबनम राइ दुई रनमा अविजित रहिन् ।
एपीएफलाई जित दिलाउन करुणा भण्डारी र सिता रानामगर एक एक विकेट लिए । कोशीका दुई खेलाडी रनआउटको शिकार भए ।
यसअघि टस जितेर पहिला ब्याटिङको गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११४ रन बनाएको हो ।
कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक लिएकी छिन् । खेलको अन्तिम ओभरको एफका पहिलो दोस्रो र तेस्रो बलमा क्रमश अर्धशतक बनाएकी इन्दु बर्मा, नेरी थापा र सोनु खड्काको विकेट लिएकी हुन् ।
एपीएफका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले ५३ रन बनाउँदै आउट भइन् । त्यस्तै ज्योति पाण्डेले २७ रनको योगदान गर्दा रोमा थापाले १४ रन बनाइन् । एपीएफकी नेरी थापा र सोनु खड्का एक बलमा नै खाता नखोली आउट भए । सरिता मगर ९ रनमा र करुणा भण्डरी दुई रनमा अविजित रहे ।
कोशीका लागि अप्सरी बेगमले सर्वाधिक तीन, अलिषा खाँडियाले दुई तथा रुबिना क्षेत्री बेलबासे र निशा शाहले एक एक विकेट लिए ।




















प्रतिक्रिया