Logo

खेलकुद

रियल मड्रिड स्पेनिस कोपा डेल रेको प्रि क्वाटरफाइनलमा



काठमाडौं- डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा एरेडिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले अन्तिम १६ (प्रि क्वाटरफाइनल) मा स्थान पक्का गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमो निस्कियो। एरेडिनाले गरेको १ गोल भने उपहार हो।

५४ औं मिनेटमा जोसुलोले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। लगत्तै ५५ औं मिनेटमा ब्रहिम डियाजले गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै ३–० को अवस्थामा पुगेको थियो।

तर, थप गरिएको समय सकिन २ मिनेट बाँकी रहँदा रियलका नाचोले आफ्नै पोस्टमा गोल गरेपछि एरेडिनाले १ गोल उपहार पायो।

यस्तै, अलाभेसले रियल बेटिसलाई१–० गोल अन्तरले पराजित गर्दा भालकानोले हुएस्कालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ। त्यसैगरी जिरोनाले एल्चमाथि २–० को जित निकाल्दा गेटाफेले स्पानियोललाई १–० तथा एथ्लेटिको मड्रिडले लुगोलाई ३–१ ले पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार ०९:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।