Logo

खेलकुद

हडर्सफिल्डविरुद्ध म्यानचेष्टर सिटीको ५ गोल



काठमाडौं- म्यानचेष्टर सिटीले हडर्सफिल्डलाई पाँच गोलले पराजित गरेको छ।

एफए कप अन्तर्गत गएराति भएको खेलमा सिटीले हडर्सफिल्डलाई ५-० गोलले पराजित गरेको हो।

इतिहाड स्टेडियममा फिल फोडनले ३३औं ६५औं मिनेटमा गोल गरेको थियो। जुलियन एल्भारेजले ३७औं मिनेटमा गोल गरे।

५८औं मिनेटमा हडर्सफिल्डका बेन ज्याकसनले आत्मघाति गोल गरे। ७४औं मिनेटमा जेरेमी डोकुले एक गोल थपेपछि सिटी ५-० ले विजयी भएको हो।

जितसँगै सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार ०८:३८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।