Logo

खेलकुद

लेन्समाथि पिएसजीको सहज जित



काठमाडौं- फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लेन्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा पिएसजीले लेन्समाथि २-० को जित हासिल गरेको हो।

पिएसजीको जितमा ब्राडली बार्कोला र किलीयन एम्बाप्पेले एक एक गोल गरेका हुन्।

यस खेलमा खेलको पहिलो हाफमा लेन्सका जोनाथन ग्राडिटले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि पिएसजीको १८ खेलमा ४३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। पिएसजी दोस्रो स्थानमा रहेको निश भन्दा स्पष्ट ८ अंकले अगाडी भएको छ। त्यस्तै लेन्सको भने १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ०८:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।