Logo

खेलकुद

रियल बेटिसमाथि बार्सिलोनाको सहज जित



काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए।

त्यस्तै रियल बेटिसका लागि इस्कोले दुवै गोल गरेका थिए।

यो जितपछि बार्सिलोनाले २० खेलमा ४४ अंक हासिल गरेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।

त्यस्तै रियल बेटिस २१ खेलमा ३१ अंकसहित लिगमा नवौं स्थानमा रहेको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ०७:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।