Logo

खेलकुद

इरान र युएई एशियन कपको दोस्रो चरणमा



काठमाडौं- जारी एशियन कप अन्तर्गत इरान र युएई दोस्रो चरणमा पुगेका छन्।

गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा इरानले युएईलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। यो जितपछि इरानले ३ खेलमा तिनै खेल जितेर ९ अंक हासिल गर्दै समुहमा शिर्ष स्थानमा रहेर दोस्रो चरणमा पुगेको हो।

त्यस्तै युएई पराजित भएपनि समुहमा ३ खेलमा ४ अंक हासिल गर्दै दोस्रो हुदै अर्को चरणमा पुगेको छ।

त्यस्तै गएराती नै सम्पन्न यसै समुहको अर्को खेलमा प्यालेस्टाइनले हङकङलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। जितका बाबजुत प्यालेस्टाइनको ३ खेलमा ४ अंक रहेको छ र समुहमा तेस्रो भएको छ। युएई र प्यालेस्टाइन को समान ४-४ अंक भएपनि गोल अन्तरका आधारमा युएई दोस्रो हुदै सिधै अर्को चरणमा छनौट भएको छ। त्यस्तै प्यालेस्टाइन तेस्रो स्थानमा रहेपनि दोस्रो चरणमा जाने सम्भावना कायमै रहेको छ।

सबै समुहका तेस्रो स्थानमा रहने शिर्ष चार देश दोस्रो चरणमा पुग्ने हुनाले समुह चरणका सबै खेलपछि चार देशको टुंगो लाग्ने भएको छ।

साथै समुह सी बाट हङकङ तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १०:०९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।