काठमाडौं- जोर्डनले इराकलाई पराजित गर्दै जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ। सोमबार सम्पन्न खेलमा जोर्डनले इराकलाई ३-२ गोल अन्तरले पराजित गर्दै एशियन कपको क्वाटरफाइनलमा पुगेको हो।
२-१ ले पछि रहेको जोर्डनले ९० मिनेटपछिको अतिरिक्त समयमा २ गोल गरेर खेल जितेको थियो।
जोर्डनका लागि याजन अल नैमात, याजन अल अरब र निजार अल रशदनले एक एक गोल गरेका थिए। त्यस्तै इराकका लागि साद नातिक र आयमेन हुसेइनले एक एक गोल गरेका थिए।
यस खेलमा इराकका आयमेन हुसेइनले खेलको ७७औं मिनेटमा रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सिमित भएको थियो।
जोर्डनले अब क्वाटरफाइनलमा ताजकिस्तानसँग खेल्ने छ। त्यस्तै यस हारपछि इराक भने अब प्रतियोगिताबाट बाहिरिएको छ।




















प्रतिक्रिया