काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
बुधबार छापावाल सुन एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी तोलामा १४२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार पनि साेहि मूलयमा कारोबार भएको थियो ।




















प्रतिक्रिया