Logo

प्रमुख समाचार

शिशु बिरामी भएको कसरी थाहा पाउने?



काठमाडौं । शिशुमा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले विभिन्न खाले संक्रमणको उच्च जोखिम हुन्छ। शिशुलाई बिरामी सहजै थाहा पाउन पनि गाह्रो हुन्छ। बच्चालाई साधारण भाइरल सङ्क्रमणदेखि ज्यान लिन सक्ने रोग हुनसक्छ। त्यसैले कुनै बिरामीको लक्षण देखिएमा सामान्य रूपमा लिनु हुँदैन।

साधारण लक्षणहरू लिएर अस्पताल पुगेकाहरू कतिपय अवस्थामा ज्यान लिनसक्ने रोगबाट ग्रहसित भइसकेका हुनसक्छन्। प्राय: ज्वरो आएमा, टाउको दुखेमा, वान्ता भएमा, खोकि लागेमा बालबालिकाहरू बिरामी भएको थाहा हुन्छ। साना बोल्न नसक्ने बच्चाहरूले सामान्य अवस्था भन्दा फरक क्रियाकलाप गरेमा बिरामी पो भयो कि भनी शंका गर्नुपर्छ।

नवजात शिशु बिरामी भएको कसरी थाहा पाउने?

हाम्रो देशको शिशु मृत्यूदर प्रति हजारमा २१ जना रहेको छ। उक्त मृत्युदर विगत पाँच वर्षदेखि घट्न सकेको छैन। त्यसैले निम्न लक्षण देखिएमा बालबालिकाको ख्याल गर्नुपर्छ।

१. शारीरिक लक्षणहरू : खोकी, हाछ्युँ, जस्ता संकेतहरू देखिनुले श्वासप्रश्वाससम्बन्धि समस्याको संकेत गर्छ।
२. श्वासप्रश्वासको समस्या : छिटो-छिटो सास फेर्नुले पनि स्वासप्रस्वास सम्बन्धि समस्याको संकेत गर्छ।
३. पाचन सम्बन्धी समस्या : पखाला, वान्ता वा पेट दुखाइ ग्यास्ट्रोइन्टेस्टाइनल रोगको लक्षण हुन सक्छ।
४. भोक परिवर्तन : बच्चाको भोकमा परिवर्तन भएमा पनि बिरामी भयो कि भनेर ख्याल गर्नुपर्छ। बच्चाले खाना या दूध खान मानेन भने पनि ध्यान दिनुपर्छ।
५. बिरामी बच्चाले खान वा पिउनमा रुचि गुमाउन सक्छ, जसले निर्जलीकरण निम्त्याउँछ।
६. छालामा दाग, रातो हुनु : यसले विभिन्न रोगको संकेत गर्न सक्छ।

यस्तै ज्वरो आउने, कोखा हान्नु, हातखुट्टा कमाउनु, नरुनु, स्थिल हुनु, बच्चा पहेलो हुनु, बारम्बार खोकी लाग्नु, शरीरको तापक्रम ३७.५ सेन्टी डिग्रीभन्दा बढी भएमा वा ३५.५ सेन्टी डिग्रीभन्दा कम हुने जस्ता समस्या देखिएमा शिशु बिरामी भएको हुन सक्छ।

बच्चाहरुलाई हुनसक्ने रोगहरु के हुन् ?

बच्चाहरूमा रोगको उच्च जोखिममा हुन्छन्। पाँच वर्ष मुनिका बालबालिकालाई सङ्क्रमण जन्य रोगबाट बढी जोगाउनुपर्छ। मलेरिया, निमोनिया, झाडापखाला, क्षयरोगको संक्रमणबाट बालबालिकालाई बढी जोगाउनुपर्छ। यी रोग उपचार गरेमा निको हुने राग हुन्। तर, अहिले विश्वभर यही रोगको संक्रमणबाट ३० प्रतिशत बालबालिकाको ज्यान जाने गरेको छ।

त्यसबाहेक पिसाबको संक्रमण हुने, दिमागमा समस्या आउने, म्यानेन्जाटीस हुने, पेटमा किटाणुको संक्रमण हुने जस्ता समस्या हुन्छन्। यसलाई अक्युड एबडोमिनल इन्फेक्सन भनिन्छ। रगतमा किटाणुको संक्रमण हुनुलाई सेफसिस भनिन्छ। फोक्सोमा किटाणुको संक्रमण हुनुलाई निमोनिया भनिन्छ। हाडजोर्नीमा समस्या हुनु जसलाई ओस्टियोअर्थराइटिस भनिन्छ। त्यसबाहेक बालबालिकामा अहिले अधिक मात्रामा देखिने समस्या भनेको मोवाइलको प्रयोगले हुने स्क्रिनअटिजम हुनसक्छ।

लक्षण नदेखिएर हुन सक्ने रोगहरु के हुनु त ?

जन्मजातै मुटुमा समस्या भएमा, मिर्गौलाको समस्या , छारेरोगहरु ,डिसलेग्सिया,यसबाहेक जन्मजातै पत्तालगाउन सकिने तर हाम्रो देशमा कम्पलसरी नगरिएको भनेको हाइपोथाइरोइडइजम हो ।

कुन अवस्थामा बच्चालाई अस्पताल लैजाने ?

प्राय जसो ८ वर्ष भन्दामाथिको बच्चाहरूले आफूमा भएको समस्या सहजै भन्न सक्छन्। तर, ६ वर्षभन्दा मुनिका बच्चाहरूले आफूमा भइरहेको समस्या बताउन सक्दैनन्। बताए पनि दुखाई या समस्या कहाँ हो भनेर ठ्याक्कै भन्न सक्दैनन्। त्यसैले अनुभवी स्वास्थयकर्मीसँग परामर्स लिनुपर्नेहुन्छ।

आमाको स्वास्थ्य अवस्था बिग्रेको भए त्यसको असर बच्चलाई हुन्छ कि?

आमाको स्वास्थ्यमा समस्या भएमा बालबालिका पनि जोखिममा हुन्छन्। आमालाई छयरोग, एचआईभी, हेपटाइटीस बि जस्ता रोग भएमा बच्चाहरू पनि त्यसको जोखिममा रहन्छन्। यस्ता संक्रमित आमाको दुध शिशुलाई खुवाइँदैन। तर, हाम्रो देशमा अझै पनि आर्थिक अवस्थाले गर्दा बाहिरको दुध खुवाउन सक्ने अवस्था छैन। आमा रोगी भए पनि आमाको दुध खुवाइरहेको गरेको पाइन्छ। त्यस्तै छालाको इन्फेक्सन, रुघाखोकी जस्ता सरुवारोगहरु सर्न सक्छन्।

बच्चाहरुलाई रोगबाट कसरी जोगाउँने ?

बच्चालाई रोगबाट जोगाउन सबै भन्दा पहिले सरसफाई महत्वपूर्ण हुन्छ। हात धुने, सामाजीक दुरी, माक्स लगाउने, सफा पानी पिउनु दिनुपर्छ।

शिशु जन्मिना साथ पूर्ण स्तनपान गराउनुपर्छ, आमाको दुधले शिशुलाई रोगसँग लडने क्षमता बढाउन सहयोग गर्छ।

शिशुलाई खोपहरू राष्ट्रिय खोप तालिका अनुसार नछुटाई लगाउनुपर्छ। सिक्सित बिरामी भएका व्यवक्तिहरुलाई नवजात शिशुबाट टाढा राख्नुपर्छ।

नियमित हाइजीन मेन्टेन गर्नुपर्छ खानाहरु सकें सम्म घरमा पकाएको खान दिनुपर्छ। बाहिरको खानाहरू, जंकफुडहरू दिनु हुन्न।

(वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. लव कुमार साहसँग अनलाइन पानाका लागि भूमिका के. बिष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १०:५०   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।