Logo

राजनीति

देउवा पुत्र जयवीरको बिहे आज



काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा र गायिका शिवाना श्रेष्ठबीच आज विवाह हुँदै छ। विवाह बूढानीलकण्ठमा पारिवारिक जमघटका बीच हुने छ।

पार्टीको आयोजना भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा गरिएको छ। बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ।

आर्मी अफिसर्स क्लबमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको छ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ। जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ। त्यसअघि आफन्त र निकटस्थहरूलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार ११:२८   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।