काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ को विन्दुमा बन्द भएको छ ।
आज ३१० कम्पनीको ७४ करोड ९१ लाख ३०३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज १४८ कम्पनीको मुल्य बढेको छ भने ८६ कम्पनीको सेयर मुल्य घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
ङादी ग्रुप पावरः १५ करोड ४६ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ८ करोड २३ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सः ५ करोड ९९ लाख रुपैयाँ, रिडी पावरः ५ करोड ५५ लाख रुपैयाँ, शिवम सिमेन्टः ४ करोड ६७ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ४ करोड ६१ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको संस्थापक शेयरः ४ करोड २४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड २० लाख रुपैयाँ र रिभर फल्स पावरः ३ करोड ५२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया