Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)



काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका पाँचौं तहका विभिन्न सेवा समूहका लागि दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम कर्णाली प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले फागुन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर २१ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १०:४७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।